भन्सार छलिएको सामानसहित गाडी र चालक नियन्त्रणमा

भन्सार छलिएको सामानसहित गाडी र चालक नियन्त्रणमा

भारतबाट भन्सार छली ल्याउँदै गरेको चिनी,बिस्कुटसहित गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

को२च १०९ नम्बरको पिकअप र चालक लेटाङ नगरपालिका २ का २७ बर्षीय बिकास लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई मोरङ रतुवामाई नगरपालिका ९ भौडा चौकबाट समातिएको प्रहरीले बताएको छ ।

आज दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलीले भन्सार छलीको चिनी १८ सय केजी र ईन्डियन बिस्कुट १८ कार्टुन पनि बरामद गरेको छ ।

बरामद सामग्रीसहित चालक नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार बुझाउने कार्य भईरहेको छ ।

टिप्पणीहरू