जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
उदयपुर बेलका नगरपालिका-२ रामपुर गाँउमा जगली हात्तीले आक्रमण गर्दा ४० वर्षीय कमल यादवको घटनास्थलमा नै मृत्यु भएको छ ।
बुधबार राती साढे १० बजेतिर जगली हात्ती रामनगर गाउँमा पसेपछि गाउँलेहरुले धपाउने प्रयास गरेका थिए । त्यसैबेला हात्तीले यादवलाइ आक्रमण गरेको थियो ।
हात्तीले विझाइ गरेपछि जगलतिर भागेको छ भने घटनाबारे थप अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
त्यस क्षेत्रमा वर्षेनी जगली हात्तीले धनजनको क्षति पुर्याउँदै आएको छ ।
टिप्पणीहरू