धान दिवसअघि सडकमा धान रोपाइँ

धान दिवसअघि सडकमा धान रोपाइँ

तीनै तहको सरकारले सडक मर्मत गर्न चासो नदेखाएपछि सिरहाको लहान नगरपालिका वडा नं.-२४ गाेविन्द्पुरका जनता राेडमा धान राेपाइँ गर्दैछन् ।

चार वर्ष बित्दा पनि सडक कालाेपत्रे वा ग्राभेलको काम नभएकाले आक्रोशित टाेलवासीले धान रोपाइँ गरेका हुन् । बाटाेकाे अवस्था दयनीय छ,पानी पर्दा चिप्लेर बटुवा र गाईवस्तुहरू घाइते हुन्छन्, सडक पुरै हिलाम्मे छ ।

हिंड्न अप्ठ्यारो छ, एम्बुलेन्सलगायतका सवारी साधन पनि मुश्किलले चल्छ । ती गाडी पनि चिप्लिएर कसको घरभित्रै छिर्ने हाे अत्तोपत्तो नभएको गाउँलेले बताएका छन् ।

यस्तो अवस्थाबारे वडाध्यक्ष कमलदेव यादव र मेयर मुन्नी साहको ध्यानाकर्षण गर्न असार १५ अर्थात धान दिवसको दुई दिनअघि खेती होइन सडक रोपाइँ गरेका हुन् ।

विराेधकाे याे श‌ैलीलाई नबुझे सडक अवरोध गर्न पनि पछि नपर्ने गाउँलेले बताएका छन् । साे बाटाेमा ग्राभेल , गिट्टी ,बालुवा ढुवानी गरिन्छ ।

टिप्पणीहरू