बिजुलीको पोल चढ्दा बेफ्वाँकमा ज्यान गयो

बिजुलीको पोल चढ्दा बेफ्वाँकमा ज्यान गयो

उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ मा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्युु हुने २५ वर्षीय उमेश परियार हुन । उनको घर स्थायी ताप्ली गाउँपालिका २ भए पनि ससुरालीमा बस्दै आएका थिए ।

भैंसी गोठालो गएका परियार शुक्रबार दिउँसो १ः०० बजे विद्युतको पोलमा चढ्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलतर्फ

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट अनुसन्धानका टोली खटिएको छ भने घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू