३३ पालिका जसले संवैधानिक व्यवस्थाको पालना गरेनन्

३३ पालिका जसले संवैधानिक व्यवस्थाको पालना गरेनन्

देशभरका २ सय ६१ पालिकाले हिजो आफ्नो नीति तथा कार्यक्रम र बजेट पालिका सभामा प्रस्तुत गर्दा ३२ वटाले भने असार १० गतेभित्र पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेका छन् ।

त्यसरी उल्लंघन गर्नेमा प्रदेश नम्बर १ का ४,प्रदेश नम्बर २ का २४, बागमती र गण्डकीका एक एक र कर्णालीका २ वटा छन् ।लुम्बिनी र सूदुरपश्चिमका सबै पालिकाले तोकिएको मितिभित्र नीति तथा कार्यक्रम र बजेट पालिका सभामा प्रस्तुत गरेका छन् । तोकिएको समयभित्र प्रदेश नम्बर १ का ४९, प्रदेश नम्बर २ का ७७, बाग्मती र गण्डकीका २७ एवम् कर्णालीका २५ पालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश नम्बर १ का चैनपुर, पाँचखपन, म्याङलुङ र लालिगुँरास, प्रदेश नम्बर २ को कलैया उपमहानगरपालिका,खडक, डाक्नेश्वरी,बोदे बर्साइन, हनुमाननगर कडकालिनी, धनगढीमाई,सुखीपुर, कर्जन्हा, मिथिला बिहारी, विदेह, हंसपुर, औरही, बलवा, भौगाहा, रामगोपालपुर, लोहरपट्टी, कविलासी, गोडैटा, बलरा, हरिपूर्वा, गरुडा, सिम्रौनगढ, पर्सागढी तथा बहदरमाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेनन् ।

यस्तै, बागमतीको मध्यपुर थिमी नगरपालिका,गण्डकीको भानु नगरपालिका र कर्णालीका बागचौर र ठूली भेरी नगरपालिकाले पनि तोकिएको मितिसम्ममा नीति तथा कार्यक्रम प्रस्तुत गरेको देखिएन ।

टिप्पणीहरू