चोर, दसैं र ट्राफिक

अचेल गाडी अथवा बाइक चलाएर जाँदा बाटोमा साह्रै सतर्क हुनुपर्छ । किनभने ठाउँ ठाउँमा ट्राफिक लुकेर बसिरहेका हुन्छन् ।
कुनै जमाना थियो, यसरी गाडी अथवा बाइकबाट कतै जाँदा अहिले जत्तिकै सतर्क हुनुपथ्र्याे । किनभने ठाउँ–ठाउँमा चोर र लुटेरा लुकेर बसिरहेका हुन्थे । एक्लै–दुक्लै आएको देख्यो कि झ्याप्प समातेर लुटिहाल्थे ।
पहिला चोरले लुकेर लुट्ने गर्थे, अहिले ट्राफिक लुकेर लुट्ने भएका छन् । विशेष गरी लेन क्रसको आरोपमा । सडकमा खाल्डाखुल्डी के छ, किन क्रस गर्न बाध्य हुन्छ त्यसको कुनै हेक्का हँुदैन, रसिद थमाइहाल्छ । फरक यति मात्रै हो । लुट्ने काम त जारी नै छ । जसरी पनि लुट्नु न हो †
ट्राफिक यसरी ठाउँको ठाउँ लुकेर बसेको यदि भेट्टाइयो भने एउटा कुरा निश्चित छ, कि पक्कै पनि दसैं नजिक आइरहेको हुनुपर्छ । ट्राफिक त्यसरी लुक्नुबाट दसैं आगमनको सूचना आइरहेको हुन्छ ।
कुनै जमाना थियो, दसैँ नजिक आयो कि सहरमा चोरी बढ्न थाल्छ रे † अहिले दसैं नजिक आयो कि सहरमा ट्राफिक प्रहरी बढ्न थाल्छन् ।
हे भगवान्, चोरबाट त जसरी पनि बच्न सकूँला, मलाई ट्राफिकबाट बचाऊ !

टिप्पणीहरू