पेस्तोलसहित तीन पक्राउ

पेस्तोलसहित तीन पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–३ बसपार्कबाट एक थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउगरेको  छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का ५९ वर्षीय प्रशुराम चौधरी, ५० वर्षीया श्यामकुमारी चौधरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ बस्ने २३ वर्षीय बबी चौधरी रहेको छन। उनीलाई बुधबार राति प्रहरीले विशेष सुचनाकाे आधारमा पक्राउ गरेको हो ।

हतियार पर्शुराम चाैधरीकाे घरमा छापा मार्दा फेला परेको हाे । उनीहरुविरूद्ध हातहतियार तथा खरखजाना अन्तरगत मुद्दा चलाउनुका साथै अन्य थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टिप्पणीहरू