कोरोनाबाट आज ६१ को निधन, ३ हजार बढिमा पुष्टी, दोब्बर संक्रमणमुक्त

कोरोनाबाट आज ६१ को निधन, ३ हजार बढिमा पुष्टी, दोब्बर संक्रमणमुक्त

कोरोनाबाट आज ६१ जनाको ज्यान गएको छ । आज ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ५ सय ६ पीसीआर तथा ५ हजार ९ सय ८८ एन्टिजेन गरी १४ हजार ४ सय ९४ जनामा परीक्षण गरिएको थियो ।

आज ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका छन् । यो संख्या आज संक्रमण भएकाहरुभन्दा २ हजार ९ सय ११ जना बढी हो ।

हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ । त्यस्तै, आज ७२ हजार ३ सय ३ सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू