नाथुराम बन्न तयार नरोत्तम वैद्य आत्थु आत्थु
बाग्मती प्रदेशमा नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यले महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन् । हिजो प्रदेश सभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुध्द अब कोही नाथुराम गोड्से बन्नुपर्ने बताएका थिए ।
प्रदेश सभामा बोल्दै घुमाउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनसँग खेलबाड गर्ने खालको अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भएको हो । वैद्यले प्रधानमन्त्री ओलीको अत्याचारले सीमा नाघेको भन्दै असामाजिक र अमानवीय आशयसहित भाषण गरेका हुन् ।
प्रदेश सभाका सांसदले मुलुकको प्रधानमन्त्रीमाथि सांघातिक आक्रमण गर्न कोही तयार नभए आफैँ समेत नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्तिको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत विरोध गर्नुभएको छ ।
उहाँले गर्नुभएको ट्वीटमा भनिएको छ ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’
वैद्य उनै हुन् जसले पशुपतिनाथको मन्दिरमा प्रधानमन्त्रीले सुनको जलारी हाल्न निर्देशन दिएपछि चर्को विरोध गरेका थिए ।
टिप्पणीहरू