नेपाली मिडियामा ‘मिसइन्फोर्मेसन, डिसइन्फोर्मेसन र मालइन्फोर्मेसन !’
-ननाम कुलुङ ‘मंगले’
मानवअधिकारको उल्लंघन आन्तरिक र अन्तर्राष्ट्रिय वित्याँसको अवश्यम्भावी कारक तत्व हो । संसारमा देखा परेका शक्तिशाली पृथकतावादी आन्दोलनलाई उपेक्षाले सघाएको छ । व्यापारदेखि सञ्चारसम्मका क्षेत्रमा विश्वव्यापी (बाहिरिया) शक्तिहरूले राष्ट्रिय सार्वभौमसत्ता क्षय गराउनुका साथै विरोधाभास रूपमा सोको पृथकतावादी प्रवृत्तिलाई टेवा दिएको छः फरक धारणा राख्ने अधिकार, दुःखको कुरा, विभाजनको सङ्घर्ष हुन गएको छ ।”
–नेल्सन मण्डेला
विश्वकै लामो जेल जीवन बिताएका राजनेता तथा दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाले भने जस्तै नेपालमा पनि फरक धारणा राख्नु विभाजनको संघर्ष हुन गएको छ । खासगरी ऐतिहासिक, जातीय, भाषिक, धार्मिक, भगौलिक÷गैर भगोलिक पहिचानको आधारमा संघीयता हुनुपर्ने माग गर्नु, जातीय स्वपहिचान स्थापित हुनुपर्ने माग गर्नु, राज्यको हरेक अंगमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशीता लागू गर्ने माग गर्नु, मातृभाषामा उच्च शिक्षा लागू गर्नुपर्ने माग गर्नु, धर्म निरपेक्षतालाई सबै जातजाति र भाषाभाषीको संस्कार, संस्कृति, मर्म, धर्मअनुसार, उनीहरूको जनजीवनमा व्यवहारिक रूपमै देखिने गरी लागू गर्ने माग गर्नु आदि इत्यादिलाई यहाँका शासक र शासक वर्गका मान्छेहरूले विभाजनकारी, फुटवादी, जातिवादी, साम्प्रदायिक, समाज भँडुवा, धार्मिक दंगा निम्त्याउने कडी आदि भनी अथ्र्याउने गर्छन् । जबकि २०७२ को पछिल्लो संविधानको धारा ३ ले नै देशलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त, भागौलिक विविधतामा रहेका समान आकांक्षा र ,नेपालको राष्ट्रिय स्वतन्त्रता, भगौलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्घिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्घ सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ भनिएको छ ।
तर, जसरी नेपालमा नेपालको भगौलिक एकीकरणसँगै नेपालमा रहेका सम्पूर्ण बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त आदिवासी जातजातिहरूलाई उनीहरूका आ–आप्mनै मौलिक र विशेषतायुक्त भाषा, भेषभुषा, चाडबाड, संस्कार, संस्कृति, परम्परागत कानुन, रीतिथिति आदि हुँदाहुँदै पनि राज्यले जबरजस्ती हिन्दु धर्म अपनाउनैपर्ने, हिन्दु संस्कार, संस्कृति मान्नैपर्ने, खस नेपाली भाषा बोल्नैपर्ने, हिन्दु देवी–देवताहरूलाई पुज्नैपर्ने, दौरा–सुरुवाल र ढाका टोपी ओढनै÷लाउनैपर्ने आदि कार्यहरू व्यववहारमै जबरजस्ती लागू गििरयो । तर, राज्यले त्यसो गर्दा देशमा फुट आएन, जातिवाद भएन, साम्प्रदायिकता भएन, समाज भाँडिएन, धार्मिक दंगा निम्तिएन ! किन ? हो, प्रश्न त यहाँ पनि बाँकी नै छ ।
विगतमा जे सुकै भए तापनि अब देशको वास्तविकताअनुसार सम्पूर्ण जातजाति, भाषाभाषीका संस्कार, संस्कृति, रीति–रिवाज, धर्म, चाडपर्व, भेषभुषा आदिलाई पनि व्यववहारमा लागू गरौं भन्दा कसरी साम्प्रदायिकता हुन्छ ? कसरी धार्मिक दंगा हुन्छ ? कसरी जातीय भड्काव आउँछ ? जसरी दौरा–सुरुवाल र ढाकाटोपी (हाल भादगाउँले टोपी) लाई राज्यले नै प्रवन्ध गरेको छ, त्यसरी नै आदिवासी जनजातिको भेषभुषालाई पनि प्रवन्ध गर्नेबारे कुरो गर्दा नै साँच्चै सामाजिक सद्भाव बिग्रन्छ त ? अझ कतिपय राज्यपक्षका चिन्तक, विश्लेषक, लेखक, मिडिया, मिडियाकर्मी, मानवअधिकारकर्मी, मानवअधिकारवादी संघ–संस्थाको अगुवा हौं भन्नेहरूले नै –‘यो पनि कुनै इस्यु हो र ! यस्तो साम्प्रदायिक र जातीवादी कुरो पनि गर्ने ?’ भन्छन् ।
हुन त हाम्रो देश नेपालको हकमा आदिवासी जाजाति भनाउँंदाहरू, जो पहुँचमा पुगेका छन्, उनीहरूले नै जातीय स्वपचिानविहीनहरूले खोजिरहेको वा आप्mनो जातीय स्व्पहिचान स्थापनाका लागि गरी रहेको संघर्षलाई नैतिक समर्थन गर्नुको सट्टा ‘फलानो … त अलग्गै जाति होइनन् नि, हामी जस्तै … जाति हो नि ! उनीहरूले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ले दिने ५० हजार र विदेशीले दिने डलर खानका लागि मात्रै … जाति फुटाउन खोजेका हुन् ।’ भनेर गलत ढंगले हौवा फिँंजाएपछि राज्य, राजनीतिक दल, नेपाली मिडिया, तिनमा कार्यरत सम्पादक, लेख रचना प्रमुख, पत्रकार, लेखक, स्वदेशी तथा विदेशी संघ–संस्था, आप्mनै सगोत्री भनिएका जातीय संस्था, अरु जातीय संस्था आदि आठ–नौं वटा तहभन्दा बढी तह र तप्काबाट ठेलान्, पेलान्, र हेपाई खाएका÷पाएका जातीय स्वपहिचानविहीन भएर स्वपहिचानका लागि लडिरहेका जातजाति, भाषाभाषीलाई नेपाल सरकार, नेपाल सरकारका विभिन्न सरकारी कार्यालय, सरकारले गठन गरेका कार्यदल, प्रतिष्ठान, आयोग, समिति आदिका कर्मचारी, अन्य जातीय संघ–संस्था, विदेशी नियोग, मानवअधिकारसंँग सम्बधिन्त आइएलओको नेपालस्थित कार्यालय, आवाजविहीनहरूका पनि आवाज भनिएका मिडिया, आइएनजिओ–एनजिओ, नेपालस्थित दातृ निकायहरू, कथित् मानवशास्त्री भनिनेहरू, समाजशास्त्री भनिनेहरू, भाषाविद भनिनेहरू, विद्घान भनिनेहरू, विषय विज्ञ भनिनेहरू, लोकल एनजिओहरू, स्वतन्त्र व्यक्तिहरूसँग (यिनीहरूलाई किन कथित् भनिएको हो भने, यदि उनीहरू साँच्चै मानवअधिकारवादी, मानवशास्त्री, समाजशास्त्री, भाषाविद, विद्घान, विषय विज्ञ हुन् भने जातीय स्वपहिचानविहीनहरू र अन्य उत्पीडितहरूका विषयमा पनि मुख खोल्न सक्नुपर्ने थियो । दूधको दूध पानीको पानी छुट्याउन सक्नुपर्ने थियो ।) तर, नेपालका आदिवासी जनजातिलगयात अन्य उत्पीडित समूह वा वर्गले स्वपहिचानका लागि आन्दोलन वा भनौं संघर्ष गरेको २०–२१ वर्ष पुग्न लाग्दा पनि यता न उता भएर बस्नुपरेको छ ।
हुन त पछिल्लोपटक केही मिडियाले नेपालमा जातीय स्वपहिचान पाउन बाँकी आदिवासी जनजातिलगायत अन्य उत्पीडित समूह वा वर्गले उठाई रहेको मुद्घालाई केही हदसम्म स्थान दिँदै आएको देखिन्छ । केही मिडियाले थोरै स्थान दिए जस्तो गर्दै छन् । तर, जुन मिडियाहरूले त्यसरी नेपालमा जातीय स्वपहिचान पाउन बाँकी आदिवासी जनजाति लगयात अन्य उत्पीडित समूह वा वर्गले उठाई रहेको मुद्घालाई स्थान दिई रहेका छन्, आखिरमा उनीहरूका पाठक कति छन् ? भन्ने प्रश्नले पनि अह्म भूमिका खेल्ने नै रहेछ ।
तर, जातीय स्वपहिचानका लागि नेपालका धेरै जसो आदिवासी जनजातिलगयात अन्य उत्पीडित समूह वा वर्गले अझै पनि नेपाल सरकार, नेपालका अन्य जातीय संघ–संस्थाहरू, आवाज विहीनहरूका पनि आवाज भनिएका मिडियाहरू र, तिनमा कार्यरत पत्रकारहरू, नेपालस्थित दातृनिकाय, आइएनजिओ र लोकल एनजिओहरू, मानवअधिकारवादी, मानवशास्त्री, समाजशास्त्री, भाषाविद् (नेपालका धेरै जसो भाषाविद भनिनेहरू त आपैm कुहिरोका काग भएका छन् । जस्तो उदाहरणका लागि भन्नु पर्दा एक जाति राई ! को २८ वटा मातृभाषा हुन्छ ? यदि हुन्छ भने त्यसरी म एक जाति राई हुँ, तर, मेरो मातृभाषाचाहहिँ २८ वटा छ भनेर २८ मातृभाषामा खरररर … बोल्न सक्ने कुनै माइकालाल राई ! भेटेका छन् ?), अन्य विद्घानहरू, विषय विज्ञहरू, स्वतन्त्र व्यक्तिहरू, आदि–आदि नै भ्रममा छन् भने सर्व साधारण मानिसहरूको त के कुरो गराई भो र ? त्यसैले हाम्रा (जातीय स्वपहिचानविहीन जातजाति र अन्य उत्पीडितहरू) विषयमा नेपालका अन्य जातीय संघ–संस्थाहरू, आवाज विहीनहरूका पनि आवाज भनिएका मिडियाहरू र, तिनमा कार्यरत पत्रकारहरू, आईएनजिओहरू, लोकल एनजिओहरू, नेपालस्थित दातृ निकायहरू, मानवअधिकारवादीहरू, मानवशास्त्रीहरू, समाजशास्त्रीहरू, भाषाविदहरूले ‘फलानो पो रिसाउलान् कि, ढिस्कानो पो रिसाउलान् कि ! भनेर चुँ … नगरी बसनु भएन । किनभने, हामीहरू अवश्य नै जनावरभन्दा त महत्वपूर्ण छौं÷हौं कि ! भन्ने लाग्छ ।
तापनि हाम्रो विषय वा मुद्धालाई खासगरी “आवाजविहीनहरूका पनि आवाज” भनिएका मिडियाहरूले समाचार, लेख रचना वा फिचर बन्ने÷बनाउने विषय नै होइन भनेभैmँ गर्ने गरेका छन् । कुनैकुनै पत्रिकाले समाचार छापीहाले तापनि पनि भित्री पेजको कुनाकानीमा, अन्तर–कुन्तरमा, थोरै स्थान र थोरै महत्व दिएर छाप्ने गरेका छन् ।
तर, ती “आवाजविहीनहरूका पनि आवाज” भनिएका मिडियाहरूका लागि ‘बाघ लोप हुन लागेको, सँुगुरलाई संगिनी सुई लगाएको, भैंसीले जन्माएको पाडापाडीको जन्म दर्ता गरेको, गाई भीरबाट लडाएको, गाईले दूध दिएको, गाईको तीनवटा सिङ भएको गाईको एउटै खुट्टोमा ४÷५ वटा खूर भएको, गाईको पुच्छरमा … भएको, आदिवासी जनजाति, दलित, मुस्लिम लगयातले गाई–गोरु काटर वा मारेर मासु खाएको, बाख्राको बीमा गरेको, बोकाले बाख्रीमाथि चढेको, सर्प समातिएको, हात्ती मरेको, राँगोले भैसीमाथि चढेको, बुचो (वीर) सुँगुरले पोथी (भुनी) सुँगुरमाथि चढेर बेस्सरी मच्चिएको, नयाँ जातको चरा फेला परेको, भँगरोले भँगरीमाथि चढेर किन र कसरी एकै दिनमा ३÷४ सय पटकसम्म मच्चिन सक्छ ?, गैंडाले पौडी खेलेको, गैंडाले ‘रती–राग !’ गरेको, गंैडा गर्भवती भएको आदि इत्यादिका बारेचाहिंँ पहिलो पृष्ठमा फोटासहित एङ्कर न्युज बनाएर महत्वका साथ छाप्ने गर्छन् । यसरी हेर्दा नेपालका आदिवासी जनजाति तथा अन्य उत्पीडित वर्ग–समूह र क्षेत्रका मानिसहरू नेपाली मिडिया र तिनमा कार्यरत पत्रकारहरूका लागि ‘गाई–गोरु, भैंसी–राँगो, चरा, मुसा, गैँडा, हात्ती, सर्प, बाघ, सँुगुर, लोखर्के आदि पशु–पंक्षी र जनावरभन्दा पनि कम महत्वका हुन्छन् । के नेपालका आदिवासी जनजाति तथा अन्य उत्पीडित वर्ग–समूह र क्षेत्रका मानिसहरू त्यस्तै हो ? वास्तवमै प्रश्न गम्भीर छ है, राष्ट्रवादी पत्रकार कामरेडहरू !
बाहुन कामरेडहरू भन्दा चर्का ‘राई !’ कामरेडहरू
त्यसो त नेपाली मिडियामा अनुदारवादी रुझान राख्ने भनी चिनिएका बाहुन, क्षेत्री कामरेडहरू भन्दा चर्का ‘राई !’ कामरेडहरू देखिएका छन् । मानौं कि ‘क’ भन्ने व्यक्तिले ‘ग’ भन्ने व्यक्तिको विरुद्घमा दूराशय राखेर जानाजान ‘ग’ भन्ने व्यक्तिलाई रिस फेर्न वा आक्षेप लगाउन नक्कली नाममा लेख वा समाचार कुनै ‘अ’ वा ‘उ’ नामको ‘राई !’ ज्युले सञ्चालन गरेको अनलाइन न्युज पोर्टललाई पठायो । तर, आप्mनो अनलाइनमा प्रकाशानार्थ आएको समाचार वा लेख रचनाको बारेमा ‘राई !’ ज्यु लाई केही न न केही थाहा हुनु पर्ने कि, नपर्ने ? ल ती कुनै एक (‘अ’ वा ‘उ’ नामको) अनलाइन न्युज पोर्टलका सञ्चालक ‘राई !’ ज्यु लाई के हो कसो थाहा भएन अतः छाप्यो । तर, त्यसपछि ‘ग’ भन्ने व्यक्तिले पनि ‘क’ भन्ने व्यक्तिले समाचार वा लेखमा लगाएको आरोप भूmटो हो वा वास्तविकता यस्तो हो भनी पठाएको प्रतिउत्तर लेख वा खण्डन लेख जुन ‘अ’ वा ‘उ’ नामको अनलाइन न्युज पोर्टल वा प्रिन्ट मिडियाहरूमा छापिएको थियो सो अनलाइन न्युज पोर्टलमा छापिएको समाचार, लेख, रचना र, फिचरको बारेमा उठेको प्रश्न वा आएको प्रतिक्रियालाई स्थान दने कि नदिने ? तर, यहाँ त धेरै जसो ‘राई !’ कामरेडहरू चलाएको अनलाइनमा प्रकाशित समाचार वा लेखको बारेमा प्रस्ट्याएर पठाएको प्रतिक्रियालाई स्थान नै नदिने,वा नछाप्नेसम्मको धृष्ठता वा भनौं हर्कत गर्ने गरेको देखियो÷भेटियो । अझ कतिपय अनलाइन न्युज पोर्टलले त योजनवद्य ढंगले कुनै आपूmलाई मन नपरेको राजनीतिक दल, नेता जातजाति, समुदाय, संघ, संस्था वा व्यक्तिलाई जानाजान लख्नकै लागि मात्रै अनलाइन चलाएको पो हो कि ? भन्ने प्रश्न उठाउन सकिने स्थिति रहेको देखिन्छ ।
जस्तो उदाहरणका लागि यहाँ ‘तुवाचुङ’ नामक अनलाइन न्युज पोर्टललाई लिन सकिन्छ । सो अनलाइनले विसं २०७७ पुस १४ गते गणेश वाम्बुले राईले आप्mनै कारणले कुलुङ समुदायमा बदनामी कमाएका र पछिल्लोपटक नेपालभरि जहाँ गए पनि कुलुङ समुदायमा बहिस्कृत हुँदै गएका एक व्यक्तिबारे ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ शीर्षकको एक फिचर छापेको थियो । त्यसपछि यो पंक्तिकारले फिचरबारे उल्लेखत व्यक्तिबारे वास्तविकता के हो त ? भनी प्रतिउत्तर लेख वा भनौं प्रस्टीकरण लेख पठाएको थिएँ, मैले । तर, सो प्रतिउत्तर लेख भने छाप्न नसक्ने भनी बताएका थिए, ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलका सम्पादक दीपेन्द्र राई ज्युले । त्यसपछि सो प्रस्टीकरण लेख ‘छहरा’ साप्ताहिकमा पठाएँ । जहाँ छापियो पनि । त्यसो त विसं २०७७ फागुन अन्तिम चैत पहिलो हप्तासम्म हेर्दा ‘तुवाचुङ’ नामक अनलाइन न्युज पोर्टलको सूचना तथा प्रसारण विभाग दर्ता नम्बर भने खालि नै रहेको थियो । अहिले भने सो अनलाइनको सूचना विभाग दर्ता नम्बर–२४७५/०७७–०७८ रहेको छ ।
यसरी हेर्दा लाग्छ, कुलुङ समुदायमा बदनाम भएका÷बदनामी कमाएका एकजना कुलुङ दाजुको लेख (जो आपूm जन्मसिद्घ कुलुङ जातिको मानिस भएर पनि कुलुङ जातिकै विरुद्घ नक्कली नाममा जताभावी रूपमा अन्टसन्ट लेख्छन्) छद्म नाममा लेखेर÷लेखाएर छाप्नकै लागि र, कुलुङ समुदायबारे ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘मालइन्फर्मेसन’ दिनकै लागि मात्रै ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टल खोलिएको÷चलाईएको हो ! स्मरण रहोस्, ती कुलुङ दाजुको लेख ०७७ माघ ९ मा शरण राईको नक्कली नाममा ‘चाक्चाकुर तथ्यहीन काल्पनिक चाड’ र ०७७ माघ २० मा फेरि अर्को लेख कृष्ण सोताङको नक्कली नाममा ‘राई लेख्दा कुलुङ संस्कृति कसरी मासियो ?’ शीर्षकमा ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलमा प्रकाशित भएको थियो भने ९९ दशमलब ९९, ९९ दशमलब ९९, ९९ दशमल ९९ प्रतिशत कुलुङ भाषाको भिडियो गीतलाई जानजान वा भनौं ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘मालइन्फर्मेसन’कै लागि हो कुन्नी छिरिङ श्रीपोस राईको नाममा ०७७ माघ २७ गते प्रकाशित÷गरेको थियो । जबकि ‘पिल्मो/पेल्माङ/पिल्ल्मोस्’ जे भने पनि त्यो कुनै जात वा जातिको नाम नभएर ठाउँ/गाउँको नाम हो, जुन महाकुलङ क्षेत्रको एक भाग हो । जहाँ कुलुङ समुदायको (लगभग एकल) वस्ती रहेको छ । निश्चय नै प्रश्न गर्न सकिन्छ कि, ‘तुवाचुङ’ अनलाइन यसरी कुलुङ समुदायविरुद्घ हात धोएर किन ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘मालइन्फर्मेसन’का लागि मरिहत्ते गरिरहेको छ ?
थप केही जानकारीका चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
टिप्पणीहरू