सरकारमा काँग्रेसको इन्ट्री, महन्थ खेमा आउट

सरकारमा काँग्रेसको इन्ट्री, महन्थ खेमा आउट

प्रतिनिधिसभा विघटनको कदमले बढेको राष्ट्रिय राजनीतिको ध्रुवीकरणको असर प्रदेश २ सरकारमा पनि परेको छ ।

केन्द्रदेखि सबै प्रदेशमा सत्ता सहकार्यमा जुटेको विपक्षी गठवन्धन प्रदेश २ सरकार मिलेर चलाउन सहमत भएका छन् । यसैबीच जसपा नेतृत्वको सरकारमा नेपाली काँग्रेस सहभागी हुने पक्का भएको छ ।

काँग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा तीन मन्त्रालय लिएर कांग्रेस आजै सरकारमा जान लागेको हो । यस्तै दुई मन्त्रालय लिएर माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने बताइएको छ । नवनियुक्त मन्त्रीहरुको आजै साँझ साढे ७ बजे शपथ ग्रहणको कार्यक्रमतय भएको छ ।

यसअघि जसपाको महन्थ खेमा पार्टी निर्णय विपरित वर्तमान केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा महन्थ खेमाका मन्त्रीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले हटाउनुभएको थियो ।

टिप्पणीहरू