लाखौं नगदसहित दुई पक्राउ

लाखौं नगदसहित दुई पक्राउ

रौतहटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

अवैध रुपमा ल्याउँदै गरेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जना परोहा नगरपालिका–९, रामपुरखापबाट आज बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी घोडासनका २२ वर्षीय बन्टीकुमार कलवार र सोही ठाउँका २० वर्षीय सुरज कलवार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला परेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू