कसैलाई सजिलो पार्न माननीयको पत्र सिधै राष्ट्रपतिलाई ?

कसैलाई सजिलो पार्न माननीयको पत्र सिधै राष्ट्रपतिलाई ?

संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको समयसीमाभित्र विपक्षी गठबन्धनले १ सय ४९ जना सांसदको समर्थनसहित शीतल निवासमा दाबी पेश गरेको छ ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको हस्ताक्षरबिहिन एकमुष्ट दाबीसहित राष्ट्रपतिलाई भेट्नुभएको थियो ।

यसबीच विपक्षी गठबन्धनका १ सय ४९ मध्ये एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग नजिक रहेका भनिएका सांसद जयकुमार राई (धरान) ले भर्खरै राष्ट्रपतिलाई सम्बोधन गरेर आफूले शेरबहादुर देउवालाई समर्थन नगरेको र हस्ताक्षर दुरुपयोग गरेको आरोपसहितको पत्र शीतल निवास पठाउनुभएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का माननीय राईले सोझै शीतल निवास प्रेषित गरेको पत्रमा भनिएको छ- “म एमालेको प्रतिनिधिसभा सदस्य हुँ । र,मैले मेरो पार्टी अध्यक्षको विरुद्ध विपक्षी पार्टी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु ।’

टिप्पणीहरू