टेकु अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण (भिडियो)

टेकु अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण (भिडियो)

अक्सिजन अभावलाई व्यवस्थापन गर्न टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।

आइतबार सनराइज फाउण्डेशन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।

अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले त्यस्तो दुःखद् अवस्था कसैले भोग्न नपरोस् भन्दै अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको सनराइज फाउण्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बताउनुभयो ।

झण्डै ९० हजार रुपैयाँ मूल्य बराबरका ५ लिटर र ७ लिटर क्षमताको कन्सन्ट्रेटर अस्पताललाई दिइएको अध्यक्ष अवालले जानकारी दिनुभयो ।

टिप्पणीहरू