दु:खीलाई जहाँ गए पनि दु:खै दु:ख,सिमानाका सास्ती

दु:खीलाई जहाँ गए पनि दु:खै दु:ख,सिमानाका सास्ती

-कमल भट्टराई
ताप्लेजुङको ओलाङ्चुङगोला नेपाल,चीन र भारतको त्रिदेशीय व्यापारिक नाका हो, पञ्चायतकालमा २० जना भन्दा बढी भन्सार कर्मचारी दरबन्दी रहेको यस नाकामा पछिल्लो समय सामान्य रेखदेख मात्र हुने गर्छ । ओलाङ्चुङगोला नाका भने थोर बहुत सञ्चालनमै थियो,जडिबुटी तथा घरपालुवा पशुहरुको सामान्य व्यापार चलिरहेकै थियो ।

ताप्लेजुङको चिराइतो पहिले भारततर्फ बढी निकासी हुने गरेको थियो,केही वर्षयता भारत र चीनको भाउ बुझेर चीन वा भारत जता महङ्गो बेच्न पाइन्छ उतैतर्फ यहाँका व्यापारीहरुले पठाउन थालेका थिए ।

गत वर्ष चीनको तिब्बततर्फबाट बढी भाउ आउने बुझेपछि यहाँका व्यापारीले संकलित चिराइतो फुङ्लिङ बजारबाट लेलेपसम्म ट्याक्टरबाट ढुवानी गरेर त्यसमाथि लगभग २ दिनको कठिन पैदल बाटोमा मानिसको ढाडमा बोकाएर ओलाङ्चुङगोला पुर्याएका थिए ।

ओलाङ्चुङगोलामा सामान गोदाम हुँदै गयो,बीचैमा कोरोनाका कारण चीनमा लकडाउन भयो र नाका बन्द भयो,यता नेपालतर्फ पनि लकडाउन हुँदा चिराइतो थुपृएर बस्यो ।

गत वर्ष ओलाङ्चुङगोलामा गोदाम गरिएको चिराइतोको महङ्गो ढुवानी,पैसाको व्याज,गोदामभाडा लगायतका खर्चले व्यापारीहरु मारमा परिरहे,चीनको नाका खुल्न नसकेपछि व्यापारीहरुले चिराईतो बोकाएर ताप्लेजुङ बजार ल्याए । यसपटक भारततर्फ बेच्ने योजना बन्यो तर फेरि पनि व्यापारीहरुको सपना फेरि बिगृयो । यसपटक फेरि कोरोनाका कारण नेपाल र भारतमा निषेधाज्ञा भयो,नेपाल- भारत सीमा थुनियो ।

व्यापारीहरुले पटक पटक निकासी कर त तिर्नैपर्यो । व्यापारीहरुले थप घाटा व्यहोर्नुपर्ने बाध्यता आइलाग्यो ।

टिप्पणीहरू