मदिरा पिएर हात हाल्दा आफ्नै मृत्यु

मदिरा पिएर हात हाल्दा आफ्नै मृत्यु

मदिरा सेवन गरी छिमेकीसँग हातपातमा उत्रेका झापाका बलबहादुर बिकले ज्यान गुमाएका छन् । कनकाई नगरपालिका–५ का ५७ वर्षीय बिकले अत्यधिक मदिरा सेवन गरी छिमेकी ४७ वर्षीय मोहन घिमिरेको घरमा झगडा र होहल्ला गरेका थिए ।

घिमिरेले सम्झाई बुझाई गर्न खोज्दा शुरु भएको झगडा हातपातमा परिणत भएपछि बिक लडे । लडेर गम्भिर घाइते भएका उनलाई बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतकका छोरा राजकुमारले घिमिरेका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले ईलाका प्रहरी कार्यालय सुरूङगा झिकाएको छ । प्रहरीले घिमिरेलाई अनुसन्धानका लागि बोलाएको बताएको छ ।

बिकको लाश अस्पतालको मूर्दाघरमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू