कोरोना बढ्दो,विद्यालय बन्द गर्न छलफल शुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले चाइनाबाट ल्याइएको खोप ९० प्रतिशत प्रभावकारी हुनसक्ने बताएका छन् । गौतमले ८ लाख डोज खोप ४ लाख जनतामा लगाइने बताउँदै खोपको अध्ययन विवरणअनुसार ९० प्रतिशत प्रभावकारी रहेको बताएका हुन् ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको बताउँदै उनले नेपालमा पनि नयाँ भेरियन्ट फेला परेको बताएका छन् । उनका अनुसार “बेलायतमा देखा परेको नयाँ प्रकारको भाइरस नेपालमा पनि विद्यार्थी र सर्वसाधारणमा फेला परेको छ ।”
विध्यार्थीहरुमा देखिएको नयाँ भेरियन्टको भाइरसका कारण विद्यालयहरु बन्द गर्नेतर्फ सरकारले के गर्दैछ भन्ने प्रश्नमा उनले विद्यालय बन्द गर्ने या नगर्ने भन्नेबारे छलफलमा रहेको बताएका छन् ।
प्रवक्ताका अनुसार नयाँ प्रकारको भाइरसले थप चुनौति दिदै गएको अवस्थामा आम जनता सजग रहनुपर्ने बताएका छन् ।
टिप्पणीहरू