खाली चेक दिनेलाई च्याप्पै पारियो

खाली चेक दिनेलाई च्याप्पै पारियो

प्रहरीले खातामा पैसा नभएको खाली चेक दिने एक जनालाई गिरफ्तार गरेको छ । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका खोटाङ रुपाकोट मझुवागढीका बरुण ढकाल पक्राउ परेका हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सजाय बेरुजु रही फरार ढकाललाई प्रहरीले चैत्र २२ गते लुकिछिपी बसेको अवस्थामा गोठाटार,पेप्सिकोलाबाट प्रकाउ गरेको हो । ढकाललाई आज जिल्ला अदालत, काठमाडौँमा पेश गरिएको छ ।

ढकालले दुई वर्षअघि आफ्नो खातामा पर्याप्त रकम नहुँदा कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई पाँच लाख ४० हजार रुपैयाँको चेक दिएका थिए । त्यसविरुद्ध कमला र कल्पनाले अदालत उजुरी गरेपछि ढकाल कारबाहीमा तानिएका थिए ।

अदालतले उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) अनुसार पाँच दिन कैद र ५६ लाख १५ हजार जरिवाना तथा दुई दिन कैद र ५ लाख ४० हजार जरिवाना गरेको थियो ।

टिप्पणीहरू