गर्भको सन्तान सिध्याउने आमा पक्राउ

गर्भको सन्तान सिध्याउने आमा पक्राउ

आफ्नै ४२ दिनको नवजात शिशु मारेको अभियोगमा एक महिलालाई कास्की प्रहरीले समातेको छ ।

अन्नपूर्ण गाउँपालिका–२ नाउडाँडा बस्ने ढोरपाटन नगरपालिका–३ घोसाखानी,बागलुङ घर भएकी २२ वर्षीया गीता कुँवर सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महिलाले असोजमा दोस्रो बिहे गरेको र पाँच महिना नबित्दै बच्चा जन्मिएपछि आफ्नो वैवाहिक सम्बन्ध बिग्रिने डरले श्रीमान घरमा नभएको बेला छोपेर शिशुको हत्या गरेको स्वीकारेकी छिन् ।

उनीउपर कर्तव्य ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान कार्य अगाडि बढाइएको कास्की प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू