दक्षिणकालीमा महिलाको सडेको शव फेला

दक्षिणकालीमा महिलाको सडेको शव फेला

दक्षिणकाली नजिकैको जंगलमा आज दिउँसो एकजना महिलाको झुण्डिएको शव फेला परेको छ । घरबाट आजभन्दा २४ दिनअघि निस्केकी सोही ठाउँकी ३८ वर्षीया ठूलीमायाँ तामाङ झुण्डिएको तर सडेको अवस्थामा फेला परेकी हुन् ।

दक्षिणकाली नगरपालिका-९ बस्ने तामाङको शव वडा नम्बर ५ को शेषनारायण मन्दिरभन्दा माथिको जंगलमा स्याउला काट्न गएकी महिलाले देखेपछि प्रहरीले शव बरामद गरेको हो । इलाका प्रहरी कार्यालय,फर्पिङमा तामाङ हराएको निवेदन फाल्गुन २३ गते नै दर्ता गराइएको थियो ।

श्रीमान् नेत्रबहादुर तामाङले मृतकले लगाएको कपडा,घडी तथा पछ्यौराको आधारमा शवको सनाखत गरेका थिए । कुहिएको अवस्थाको शवलाई पोस्टमार्टमको निम्ति साँझ सवा सात बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंञ्ज लगिएको छ ।

टिप्पणीहरू