पशुपतिमा सरकारले पेले पनि..

पशुपतिमा सरकारले पेले पनि..

पुरातत्व विभागले कीर्तिपुरस्थित बाघ भैरव मन्दिरको मौलिक स्वरूपमा असर नपर्ने गरी पुन:निर्माण गर्न अनुमति दिएको छ ।

मन्दिर पुन:निर्माणका सम्बन्धमा वडा कार्यालयलाई पत्र लेख्दै विभागको स्मारक संरक्षण शाखाले प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत काम गर्न निर्देशन दिएको हो ।

विभागले मन्दिरको माथिल्लो छानामा तामा प्रयोग भैसकेकोले तल्लो छानामा पनि तामा नै प्रयोग गरेर एकरुपता कायम गर्न भनेको छ ।

चैत्र २ गतेको विभागीय निर्णयअनुसार छानाको काम गर्दा मन्दिरको आकार,प्रकार मौलिक स्वरुपमा असर नपर्ने गरी प्राचिन स्मारक संरक्षण ऐन २०१३ (पाँचौँ संशोधनसहित) को परिधिभित्र रहेर काम गर्न पत्रमा भनिएको छ ।

टिप्पणीहरू