हुण्डी कारोबारी रंगेहात पक्राउ

हुण्डी कारोबारी रंगेहात पक्राउ

हुण्डी कारोबारमा संलग्न तीन जना रंगेहात पक्राउ परेका छन् । उनीहरुलाई आइतबार साँझ काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको कालिमाटी वृतबाट खटिएको टोलीले हुण्डी कारोबार गरिएको १८ लाख ७८ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट स्थायी ठेगाना भएका ३७ वर्षीय नवराज कार्की, नुवाकोटकै २७ वर्षीय सुमन थापा र भारत बिहारका ५६ वर्षीय सत्यनारायण प्रसाद रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू