धर्मेन्द्र बाँस्तोला भोलि छुट्ने !

धर्मेन्द्र बाँस्तोला भोलि छुट्ने !

सरकारले प्रतिबन्धित नेकपा विप्लवसँग वार्ता प्रक्रिया अघि बढाउन खोजेलगत्तै वातावरण सहज बनाउने भन्दै प्रहरी हिरासतमा रहेका नेता तथा कार्यकर्तामध्ये केहीलाई छुटाइने भएको छ ।

यसैबीच,सर्वोच्च अदालतमा विप्लव नेता बाँस्तोलाको तर्फबाट अनिमा बाँस्तोला भण्डारीले हालेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाई भोलिलाई सरेको छ ।

न्यायाधीशद्वय इश्वर खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले आज हेर्न नभ्याएपछि भोलिको निम्ति पेशी तोकेको हो । सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजानामा मुद्दा अघि बढाएको बाँस्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

उनलाई एक महिनाअगाडि ललितपुरको दक्षिणी पहाडी भूभागबाट समाती जावलाखेलमा थुनिएको थियो । वार्ताको लागि वातावरण सहज बनाउने भएपछि भोलि अरु जिल्ला नडुलाउँदा बाँस्तोला छुट्ने पक्काझैँ देखिन्छ ।

यता,प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको फैसला हुने दिन नजिकिँदै जाँदा न्यायाधीशहरुलाई निवासबाट ल्याउँदा र लैजाँदा सुरक्षाकर्मीले एस्कर्टिङ्ग दिन थालेका छन् ।

टिप्पणीहरू