संस्कृत विश्वविद्यालयको ताला खुल्यो
नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र तथा वाल्मिकी विद्यापीठको प्राचार्यकक्षमा लगाइएको ताला खुलाउने सहमति भएको छ ।
अनेरास्ववियुले माघ ३० गतेदेखि विभिन्न मागसहित तालाबन्दी गर्दै आएको थियो । नेपाल संस्कृत विश्वविद्यालय र अनेरास्ववियुबीच भएको सहमतिपछि वाल्मिकी विद्यापीठको प्राचार्य र नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रमा लगाइएको ताला खोल्ने सहमति भएको हो ।
१७ बुँदे सहमतिपत्रमा नेपाल संस्कृत विश्वविद्यालयका तर्फबाट कुलसचिव ध्रुव ज्ञवाली,डा. विष्णु दाहाल,गोविन्द पौडेल र गणेशप्रसाद घिमिरे तथा अनेरास्ववियुको तर्फबाट केन्द्रीय सदस्य सन्तोष आचार्य,वाल्मिकी विद्यापीठका इकाई अध्यक्ष आइपी आचार्य,लोककृष्ण दाहाल,हरि न्यौपाने,रविन्द्र तिमल्सिनाले हस्ताक्षर गर्नुभएको छ ।
टिप्पणीहरू