पुराना माओवादी क्रमशः नजिकिँदै

पुराना माओवादी क्रमशः नजिकिँदै

अघिल्लो दल बिभाजनसम्बन्धी अध्यादेशले मधेसी दलहरुहरुलाई मिलाएजस्तै केपी ओलीको प्रतिनिधि सभा विघटनले सँसदबाहिरका पूर्व माओवादीहरुलाई यौटै मोर्चामा सामेल हुने अवसर दिलाएको छ । वर्तमान संसदमा प्रतिनिधित्व नगर्ने चारवटा कम्युनिष्ट पार्टीहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिरोध गरेका छन् ।

नेकपा (विप्लव), नेकपा क्रान्तिकारी माओवादी, नेकपा ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको तर्फबाट बिश्वभक्त दुलाल आहुतिले आज जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा ओलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको उल्लेख गर्दै ‘वैदेशिक शक्तिको आड,भरोसा र इशारामा संसद विघटन गरिएको’ आरोप लगाइएको छ ।

संयुक्त विज्ञप्तिमा ओली सरकारको निरङ्कुशता,फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताबिरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति चारवटा पार्टीबीच रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको समेत बताइएको छ । मोर्चाको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गर्ने तयारी छ ।

टिप्पणीहरू