दुईतिरै राँके जुलुश
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनबिरुध्द अनेरास्ववियुले सोमबार साँझ नेपाल कमर्श क्याम्पस, मीनभवन र प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि राँके (मशाल) जुलुश निकालेको छ ।
मीनभवनमा केन्द्रीय सदस्य भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा झण्डै पचास जनाको समूहले मशाल बोल्दै सर्वसत्तावाद मुर्दावाद, अनेरास्ववियु जिन्दावाद,संसद विघटन फिर्ता गरलगायतका नाराहरू लगाएको थियो ।

त्यस्तै विश्वभाषा क्याम्पसबाट निकालिएको मशाल जुलुशको नेतृत्व रत्नराज्य लक्ष्मी क्याम्पसका अनेरास्ववियु नेता देवेन्द्र शर्माले गरेका थिए भने उक्त जुलुशमा पनि सरकारबिरोधी नारा लगाइएको थियो ।
टिप्पणीहरू