भाञ्जा र ससुरालाई पनि साँसद बनाउन भ्याइनभ्याई

भाञ्जा र ससुरालाई पनि साँसद बनाउन भ्याइनभ्याई

भनिन्छ नि,‘नपाउँदासम्म दुरुस्तै, पाएपछि सबै उस्तै ।’ यो भनाइ सुशासनका लागि बनेको सरकारका ऊर्जा,जलस्रोत तथा सिन्चाइ,भौतिक पूर्वाधार तथा यातायात,शहरी विकासमन्त्री कुलमान घिसिङ्गसँग ठ्याक्कै मेल खान पुगेको छ । 
साख्खै भाञ्जा डा.राम लामालाई आफू आबद्ध रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा हालेका उनले भाइको ससुरालाई पनि उम्मेदवार बनाएको पाइएको छ । आदिबासी जनजाति क्लस्टरबाट समानुपातिक सूचीमा रहेका धर्मलाल तामाङ उनको भाइ सुरेश तामाङका सहोदर ससुरा हुन् । 

उज्यालो पार्टी नेपालका अध्यक्ष अनुप उपाध्यायलाई रास्वपा सल्लाहकार परिषद्को अध्यक्ष बनाउने तयारी छ ।

पूर्वएमाले उनलाई चितवनबाट घण्टीको समानुपातिक उम्मेदवार बनाइएको छ । स्रोतले भन्यो,‘आफ्नो दाइ गणेश घिसिङको मिलेमतोमा भाञ्जालाई समानुपातिक सूचीमा राखेका उनले भाइको ससुरालाई पनि उम्मेदवार बनाएका छन् । धर्मलाल उनको भाइका ससुरा हुन् ।’ 

यता,उज्यालो पार्टी नेपालका अध्यक्ष अनुप उपाध्यायलाई रास्वपा सल्लाहकार परिषद्को अध्यक्ष बनाउने तयारी छ । कुलमानकै दबाबमा उनलाई परिषद्को अध्यक्ष बनाउन लागिएको स्रोत बताउँछ । 

‘रविसँगको बैठकमा उनले अनुपलाई परिषदको अध्यक्ष बनाउन प्रस्ताव राखेका थिए । रास्वपाको बैठकले सो प्रस्ताव अनुमोदन गर्दैछ’,स्रोतले भन्यो । भाञ्जा र ससुरालाई समानुपातिक सूचीमा राखेको आरोपपछि कुलमानले स्पष्टीकरण दिएका छन् । उम्मेदवारको सूचीमा आफ्नो भाञ्जा र ससुरा नभएको उनको दावी छ ।

टिप्पणीहरू