काँग्रेसमा महाधिवेशन माग्नेहरू सभा गृहमा भेला

काँग्रेसमा महाधिवेशन माग्नेहरू सभा गृहमा भेला

नेपाली काँग्रेसको संस्थापनइतर खेमाका नेताहरू सभा गृहमा जुटेका छन् । उनीहरूले आज विशेष महाधिवेशन सभा गरेका हुन् । 

पूर्वमन्त्री तथा केन्द्रीय सदस्य ओमकार प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, मधु आचार्य, प्रतिमा गौतम लगायत सहभागी छन् । त्यस्तै, विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला सभापति र स्थानीय नेता-कार्यकर्ताको पनि बाक्लो उपस्थिति रहेको बताइएको छ । 

काँग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयलाई लिएर विवाद छ । संस्थापन पक्ष निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहँदा ईतर खेमाले भने चुनावअघि नै नियमित या विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिँदै आएको छ ।

नेतृत्व तहमा विवाद चर्किरहँदा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेता-कार्यकर्ताले दैनिकजसो छुट्टै भेला, बैठक गरिरहेका छन् ।

टिप्पणीहरू