आफैंलाई गिज्याउने प्रधानमन्त्रीको त्यो लेख

आफैंलाई गिज्याउने प्रधानमन्त्रीको त्यो लेख

महान्यायाधिवक्ता सविता भण्डारी आफै शेयर होल्डर रहेको ‘फर्टिलिटी क्लिनिक’ द्वारा उमेर नपुगेका बालिकाबाट डिम्ब सङ्कलन गरिएको घटनामा प्रहरीले कारबाही शुरु गरेपछि गम्भीर विवाद सिर्जना भएको छ । 

आफ्नै पारिवारिक लगानी रहेको कम्पनीसँग विवाद सम्बन्धित रहेका कारण सवितामाथि नैतिक संकट सिर्जना भएको हो । सविताकी छोरी डा.प्रत्युषा बराल त्यहाँ कार्यरत छिन् । अर्की आरोपित डा.स्वस्ति शर्मा भण्डारीकै सानीमाकी छोरी रहेको बताइएको छ । मुद्दा नचल्ने निर्णयपछि कानुनव्यवसायी बीचमा एउटा प्रश्न उठिरहेको छ, ‘के महान्यायाधिवक्ता भण्डारी स्वयं डिम्ब तस्करी प्रकरणमा नमुछिएको भए, अनि यो प्रकरणमा अरू सामेल भएको भए मुद्दा चल्ने थिएन होला ?’ 

आरोप लागेका क्लिनिक सञ्चालक र चिकित्सकहरूलाई गत असारमा प्रहरीले पक्राउ गर्दा भण्डारीले तिनको पक्षबाट अदालतमा बहस गरेकी थिइन् । भदौ ३ गते न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निश्कासन र भण्डारण रोक्न अन्तरिम आदेश नै दिएको थियो । यतिमात्र नभै क्लिनिक र डिम्ब प्रकरणसँग गाँसेर सवितासँग पनि सिआइबीले बयान लिएको थियो ।

‘पैसाको प्रलोभनमा अरूका लागि सन्तान जन्माउँदा हाम्रा नैतिकता, आदर्श, धार्मिक मान्यता, सामाजिक अवस्था र स्वास्थ्य स्थिति के होला ?,’ कार्कीले त्यो लेखमा भनेकी छन्, ‘कोख भाडामा दिने महिलाको सामाजिक स्थिति अझै के होला ? परिवारले कति र कस्तो मान्यता देला ?’ 

नाबालिकाबाट डिम्ब संकलन गर्दा अभिभावकको मञ्जुरी नलिएको, बिचौलियामार्फत् दश हजार दिएर शल्यक्रियामार्फत् डिम्ब निकालिएको, १८ देखि २० लाख सम्म रकम लिएर बिक्री वितरण गरिएको, प्रलोभनमा पारेर डिम्ब तस्करी गरिएको भन्दै पीडित किशोरी र तिनका अभिभावक प्रहरीकहाँ पुगेका थिए । उक्त दावीलाई सही ठहर्‍याउँदै सञ्चालकविरुद्ध मुद्दा चलाउनुपर्ने राय सिआइबीले सरकारी वकिललाई दिएपछि घटनाले नाटकीय रूप लिएको हो । फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगेपछि नायवमहान्यायाधिवक्ता सञ्जिवराज रेग्मीलाई ‘शिखण्डी’ बनाएर मुद्दा नै ‘ढिसमिस’ पारिएको आरोपसमेत लागेको छ । 

प्रधानन्यायाधीशबाट अवकाश भएपछि सुशीला कार्कीले संस्मरण संग्रह ‘न्याय’ मा कोख भाडामा दिने (सरोगेटिभ मदर) का विषयमा चर्को विमती राखेकी छन् । उनले पैसा दिएर कोख भाडामा लिने व्यवसायले हाम्रो नैतिक मूल्यमान्यता के होला ? भन्ने सवाल खडा गरेकी छन् । जब कि डिम्व प्रकरण पनि कोख भाडामा दिने विषयसँग मिल्दोजुल्दो प्रकृतिको छ । 

‘पैसाको प्रलोभनमा अरूका लागि सन्तान जन्माउँदा हाम्रा नैतिकता, आदर्श, धार्मिक मान्यता, सामाजिक अवस्था र स्वास्थ्य स्थिति के होला ?,’ कार्कीले त्यो लेखमा भनेकी छन्, ‘कोख भाडामा दिने महिलाको सामाजिक स्थिति अझै के होला ? परिवारले कति र कस्तो मान्यता देला ?’ यतिमात्र नभै गरिबीका कारण वैदेशिक रोजगारीमा जस्तै भाडामा कोख दिने व्यवसायमा बाढी आउन थाल्यो भने आयमूलक व्यवसाय देखेर भविष्यमा सत्तासीन वर्गको सम्पर्क र पहुँचका आधारमा व्यावसायिकरूपमा बच्चा उत्पादन गर्ने उद्योग सञ्चालन गर्नसक्ने चेतावनीसमेत कार्कीले त्यो लेखमा दिएकी छन् (न्याय पृष्ठ २९८) ।

‘सरोगेसी’ सम्बन्धी विवादमा दायर भएको रिटमा कार्कीसमेत संलग्न इजलासले यस्तो कार्य अवैध हुने ठहर गरेको थियो । तर आफ्नै महान्यायाधिवक्ता मुछिएको ‘डिम्ब’ प्रकरण यत्रतत्र छरपष्ट हुँदा प्रधानमन्त्रीको द्वेध चरित्र किन ? 

(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू