महेश बस्नेत चढेको गाडीमा बेलुन प्रहार, एयरपोर्टमा नाराबाजी
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध नाराबाजी भएको छ ।
राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन इटहरी जान लागेका बस्नेतलाई आज बिहान विराटनगर विमानस्थलबाहिर जेनजी युवाहरूले नाराबाजी गर्दै अवरोधको प्रयास गरेका हुन् । त्यसक्रममा 'हत्याराको छोरो' भन्दै उनी सवार गाडीमा आक्रमणको प्रयाससमेत भएको बताइएको छ ।
बस्नेत विराटनगर आइपुगेको थाहा पाएपछि ठूलो संख्यामा जेनजी युवाहरू विमानस्थल बाहिर पुगेका थिए । उनी एयरपोर्टबाट बाहिर निस्कँदै गर्दा रातो रङ घोलिएको पानी भरेको बेलुनले गाडीमा हानेको बुझिएको छ ।
प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।
यसअघि बस्नेतसहितका एमाले नेता बारा आउन लागेको थाहा पाएपछि जेनजीले सिमरा विमानस्थल बाहिर प्रदर्शन गरेका थिए । जसका कारण एअरपोर्ट बन्द हुँदा उनीहरू काठमाडौँमै रोकिनुपरेको थियो ।
टिप्पणीहरू