पूर्वमन्त्रीका गाडी चालक प्रहरी नियन्त्रणमा

पूर्वमन्त्रीका गाडी चालक प्रहरी नियन्त्रणमा

कोशी प्रदेशका पूर्व मन्त्री इन्द्रबहादुर आङ्बोको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मोरङको ग्रामथानस्थित विराट चोक जाँदै गरेका प्रवेश चौधरीको मृत्यु भएको हो । 

तत्कालीन नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको नेता समेत रहेका आङ्बो भने गाडीमा नरहेको बताइएको छ । को १ झ ६५० नम्बर उक्त गाडी आङ्बोका स्वकीय सचिव गम्भीरमान सार्कीले चलाएका थिए । दुर्घटनापछि प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएको छ । 

आङ्बोले दुर्घटनामा ज्यान गुमाएका चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेका छन् ।

टिप्पणीहरू