औषधिमा समेत अचाक्ली

औषधिमा समेत अचाक्ली

लोमस फार्मास्यूटिकल्सद्धारा उत्पादित पारासिटामोल गुणस्तरहीन भेटिएको छ । 

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा लोमसद्धारा उत्पादित ब्याच नम्बर सीटी ११२३ को पारासिटामोल ट्याब्लेट न्यून गुणस्तरको फेला परेको हो । यो औषधि तुरुन्त फिर्ता गर्न निर्देशन दिँदै विभागले त्यसको सबै विवरण पेश गर्न भनेको छ । 

उक्त ब्याच नम्बरको पारासिटामोल सिफारिस, बेचबिखन तथा प्रयोग नगर्न औषधि व्यवसायी तथा आम सर्वसाधारणलाई पनि आग्रह गरिएको छ ।
 

टिप्पणीहरू