अनसनस्थलमा सिकिस्त यादवको जेन जी वार्डमा उपचार

अनसनस्थलमा सिकिस्त यादवको जेन जी वार्डमा उपचार फाइल फोटो

माइतीघर मण्डलमा अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था बिग्रेपछि वीर अस्पताल लगिएको छ । वीर हस्पिटलको एम्बुलेन्समा राखेर पुर्याइएपछि उनको इमर्जेन्सीको जेन जी वार्डमा उपचार थालिएको छ । 

यसअघि कात्तिक २८ गते पनि उनको स्वास्थ्य अवस्था खराब भएपछि माइतीघरबाट अस्पताल लगिएको थियो । जेन जीका माग पूरा गराउन भन्दै उनी आमरण अनसनमा बस्दै आएका छन् ।

जेनजी प्रदर्शनमा दमन गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, शहीद परिवार र घाइतेलाई रोजगारीको ग्यारेण्टी हुनुपर्ने, भ्रष्टाचार छानविन गर्नुपर्नेजस्ता माग राख्दै सिंहले अनसन शुरु गरेका हुन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरेर फौजदारी कानुनबमोजिम सामूहिक हत्याको आरोपमा मुद्दा चलाउनुपर्ने उनको मुख्य माग छ । भदौ २३ र २४ को घटनालाई भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गरिनुपर्ने र न्यायाधीशहरूको सम्पति छानविन हुनुपर्ने माग पनि उनले उठाएका छन् । 

यी माग पूरा नहुँदासम्म अनसन जारी राख्ने सिंहको अडान छ ।

यो पनि..अनसन बसेका जेनजी अगुवा सिकिस्त

टिप्पणीहरू