पूर्वराजदूतकाे उपचार मनमाेहनमा

पूर्वराजदूतकाे उपचार मनमाेहनमा

पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएको छ । बिरामी भएपछि उपचारका लागि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएको दाइका छोरा गणपतिलाल श्रेष्ठले जानकारी दिएका छन् । 

गणपतिलालले फेसबुकमा लेखेका छन्,‘उहाँको स्वास्थ्य सुधारात्मक छ । हाल केही दिनदेखि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारार्थ भएपनि, उमेर र अवस्थाले कहिलेकाँही आफूलाई असहज गरेतापनि आफ्नो बलियो सोच, जुझारु इच्छालाई जहिले उच्च मनोबल राख्दै आफूलाई अध्ययनशीलको पाइलामा बढाउन कहिले रोकिनुभएन ।’

गणपतिलाल सुशीला कार्की नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सिफारिस भएर अन्तिममा भूमि व्यवस्थामन्त्री बनाउन खोजिएपछि पछि हटेका सम्पदाविद् हुन् । उनका काका हिरण्यलाल नेकपा एमालेका नेता हुनुका साथै चीन र रुसका लागि पूर्वराजदूतसमेत हुन् । उनी योंग कम्युनिष्ट लिगका महासचिव पनि थिए ।

टिप्पणीहरू