पठाओ चालक लुटिएको हतियारसहित पक्राउ
अत्याधुनिक हतियार इन्सास राइफलसहित एक पठाओ चलाक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीको टिकापुरका शिवराज धमलालाई तारकेश्वरबाट नियन्त्रणमा लिएको हो ।
धमलाको कोठाबाट सर्टगन र पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ । ती हतियार भदौ २४ गतेको विध्वंशको क्रममा लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भदौ २३ र २४ गते प्रदर्शनकारीले प्रहरीको एक हजारभन्दा बढी हतियार र एक लाखभन्दा बढी धातुको गोली लुटेका थिए । तीमध्ये पाँच सयभन्दा बढी हतियार र ९८ हजार राउण्ड गोली अझै पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू