एकता अनुमोदनपछि जनार्दन शर्माका कुरा
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्न लागेका छन् । ललितपुरको बखुण्डोलस्थित सत्कार फाइन डाइन क्याफेमा राखिएको विशेष पत्रकार सम्मेलनमा माओवादी केन्द्रले पछिल्लो समय धेरै वटा दलसँग गर्न लागेको एकताबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ ।
शर्माले विशेषगरी नेकपा (एकीकृत समाजवादी) र साना दलसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएका छन् । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा पनि उनले आफ्नो असन्तुष्टि स्पष्टसँग राखेका थिए ।
यता माओवादी केन्द्रले आज दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखेको छ । सोही बैठकले एकता अनुमोदन गर्ने तयारी छ ।
टिप्पणीहरू