मध्यरात देउवाको उडान झण्डै दुई घण्टा ढिलाइ
स्वेच्छाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहानै सिंगापुर पुगेका छन् । राति काठमाडौंबाट श्रीमती र स्वकीय सचिव कमल रावलसहित गएका देउवालाई काँग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का,मुख्यसचिव कृष्णप्रसाद पौडेलले विमानस्थलमा बिदाई गरेका थिए ।
राति ११ः०५ बजे उड्नुपर्ने सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ विमान पौने १ बजे मात्रै प्रस्थान गरेको थियो । झण्डै दुई घण्टा उडान ढिलाइ हुनुको कारणबारे केही खुलाइएको छैन । त्यसअघि देउवा दम्पती विमानस्थलमा सर्वसाधारणको हैसियतमा पुगेका थिए ।
भदौ २४ गतेको जेन जी विध्वंशमा देउवा निवास लुटपाट र तोडफोडपछि आगो झोसेर खरानी बनाइएको थियो ।
झण्डै एक महिनापछि असोज २८ गते पार्टी कार्यालय सानेपामा प्रकट भएका उनले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । झण्डै तीन साता सैनिक अस्पतालमा बिताएर देउवा जावलाखेलस्थित ससुराली घरमा बस्दै आएका थिए । छोरा र बुहारी भने सिंगापुर पुगिसकेको बुझिएको छ ।
टिप्पणीहरू