यस्तो छ आगामी दुई दिनको मौसमी सम्भावना
मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा आगामी दुई दिनसम्म हिमपात र वर्षाको सम्भावना रहेको बताएको छ । जसनुसार आज रातिदेखि पर्सि बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान छ ।
त्यसैगरी बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा पनि हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
महाशाखाले हिमाली क्षेत्रका बासिन्दा, पर्यटक र यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। वर्षा र हिमपातका कारण तापक्रममा कमी आउने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र उच्च भूभागको जनजीवनमा कठिनाइ हुने बताएको छ।
पाकेको धानबाली भित्र्याउने र अन्य कृषि उत्पादनमा पनि यसले केही असर पार्ने सम्भावना छ ।
टिप्पणीहरू