डेडिकेटेडको बक्यौताः पहाडे उद्योगीले तिरे,मारवाडी चुपचाप

डेडिकेटेडको बक्यौताः पहाडे उद्योगीले तिरे,मारवाडी चुपचाप

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापतको बक्यौता नतिरेका उद्योगहरूको लाइन हिजोदेखि काट्न थालेको छ । रकम नतिर्नेमा जगदम्बा स्टील,रिलायन्स स्पिनिङ मिल्स,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स छन्  । 

ती उद्योगको कूल बक्यौता ४ अर्ब २९ करोड रुपैयाँ पुगेको बताइन्छ । यी उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका थिए। उक्त अवधिको अतिरिक्त (प्रिमियम) महशुल भने तिर्न बाँकी छ।

प्राधिकरण स्रोतका अनुसार बक्यौता बुझाएका वा बुझाउने तयारी गरेका उद्योगमध्ये अधिकांश पहाडे उद्योगी हुन् । तर, मारवाडी समुदायका अधिकांश व्यवसायीले बक्यौता तिरेको पाइएन ।

प्राधिकरणका अधिकारीहरु भन्छन्, ‘बक्यौता तिर्ने र नतिर्ने उद्योगीबीच देखिएको अन्तरले उद्योगी वर्गभित्र रहेको राजनीतिक पहुँचको प्रभाव प्रष्ट हुन्छ । पहुँच भएकाले तिर्न चाहेका छैनन्,नभएकाले तिरेका हुन् ।’

टिप्पणीहरू