अदालत पुग्यो खरिदारको घुस प्रकरण

अदालत पुग्यो खरिदारको घुस प्रकरण

मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घुससहित समातिएका उनीमाथि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । 

आयोगको टंगालबाट खटिएको टोलीले गत भदौ १८ गते भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित समातेको थियो । अनुसन्धानको क्रममा साविक दोलालघाट गाविस–७, स्थित फिल्ड बुकमा दर्ता छुट भएका जग्गा हकवाला जग्गाधनीको नाममा दर्ता गराउने प्रयोजनार्थ घुस बुझेको पाइएको अख्तियारले जनाएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम दुई लाख रुपैयाँ बिगो कायम गर्दै भण्डारीलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।
 

टिप्पणीहरू