यस्तो देखियो हाडीगाउँको ‘कहीँ नभएको जात्रा’ (फोटोफिचर)
काठमाडौंको हाडीगाउँमा लिच्छवीकालदेखि मनाइँदै आएको 'श्री चोकटे नारायण जात्रा' सम्पन्न भएको छ ।
स्थानीयले ‘गन न मरू जात्रा’ वा ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भनेर चिनाउँछन् । जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी रथको परिक्रमा गरिन्छ ।
रथको माथिल्लो भागमा भगवानको मूर्ति राखेर रथमा कहीं नभएको विशेष फूलले सजावट गर्ने गरिन्छ । तीनतले छाना भएको रथको गजुर तलतिर फर्काइएकोले जात्राको समयमा छाना फनफनी घुमाउँदै टोल वरिपरि परिक्रमा गरिएको थियो ।
ढोल–नगारा, भजनसंगीत र भक्तजनहरूको नाचगानले पुरानो परम्परालाई जीवित राख्दै हाडीगाउँको सांस्कृतिक पहिचान उजागर गरेको छ ।
भक्तजनहरूको उमंग, रथको विशेष सजावट र तीनतले छाना, अनि छाना घुमाउने अनौठो परम्पराले हाडीगाउँको यो जात्रालाई अन्य जात्राभन्दा भिन्न र विशेष बनाएको छ ।
तस्बिरहरु
















टिप्पणीहरू