विध्वंसकारीलाई समात्न आयोगको निर्णय कुर्न नपर्ने

विध्वंसकारीलाई समात्न आयोगको निर्णय कुर्न नपर्ने

भदौ २३ को जेन-जी प्रदर्शन र भोलिपल्ट २४ गते भएको ध्वंसात्मक घटना छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले फौजदारी कसूर गर्नेलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नुनपर्ने बताएको छ ।

आयोगका तर्फबाट सदस्य विज्ञानराज शर्माले आज वक्तव्य जारी गर्दै उक्त जानकारी गराएका हुन् । यसअघि गृह मन्त्रालयले विज्ञप्ति निकालेर आन्दोलनको नाममा भएका हिंसात्मक गतिविधि गर्नेलाई तत्काल कारबाही नगर्न प्रहरीलाई निर्देशन दिएपछि यो विषय विवादमा थियो । 

आयोगले ९ असोज २०८२ को मन्त्रालयको विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ’, आयोगका सदस्य शर्माले भनेका छन् ।

टिप्पणीहरू