पूर्व अध्यक्षद्वारा राति नै गाडी फिर्ता

पूर्व अध्यक्षद्वारा राति नै गाडी फिर्ता

राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी राति नै फिर्ता गरेका छन् । उनले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई हिजो राति नै गाडी हस्तान्तरण गरेको बताएका छन् । 

संघीय संसदको राष्ट्रिय सभाका पूर्व अध्यक्षको हैसियतमा संसद सचिवालयले उपलब्ध गराएको बीएसी २७३८ नम्बरको नम्बरको गाडी हाल पोखरामा रहेका तिमिल्सिनाले हिजो राति नै त्यहाँका सिडिओमार्फत् संघीय संसद सचिवालयमा फिर्ता पठाएको जनाएका छन् । उनले उक्त जानकारी संसद सचिवालयलाई हिजै दिएका हुन् ।

पूर्व अध्यक्षले भनेका छन्, ‘अहिलेसम्म उक्त गाडी फिर्ता गर्न संसद सचिवालयलगायत अन्य कुनै पनि सरकारी निकायबाट पत्राचार नभएपनि नेपाल सरकारको निर्णय भएको सूचनाका आधारमा फिर्ता गरेको छु ।’

टिप्पणीहरू