प्रधानमन्त्रीलाई थाइल्याण्डको बधाई
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा राजदूतले प्रधानमन्त्रीलाई बधाइका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा राजदूतले पछिल्लो समसामयिक विषय, द्विपक्षीय सहयोग, आदानप्रदानबारे छलफल गर्नुभएको बुझिएको छ ।
टिप्पणीहरू