मुख्यसचिवको अध्यक्षतामा सुरक्षा बैठक

मुख्यसचिवको अध्यक्षतामा सुरक्षा बैठक

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सुरक्षा बैठक बसेको छ । बैठक आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ । 

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, गृहसचिव रामेश्वर दंगाललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।

बैठकमा पछिल्लो सुरक्षा परिस्थिति र समसामयिक विषयमा छलफल गरिएको बताइन्छ ।

टिप्पणीहरू