कांग्रेस कार्यलयको अनुगमन गर्दै कमरेडहरू

कांग्रेस कार्यलयको अनुगमन गर्दै कमरेडहरू

नेकपा एमालेका नेताहरूले जेन-जी आन्दोलनका नाममा विध्वंसकारीले आगो लगाएर ध्वस्त पारेको नेपाली काँग्रेसको पार्टी कार्यालय अवलोकन गरेका छन् ।

आज मध्याह्न एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेता सानेपास्थित कांग्रेस मुख्यालय पुगेका हुन् । उनीहरुले खण्डहर बनेको कांग्रेस कार्यालयको स्थलगत अवलोकन गरे । 

भदौ २४ गते अराजक जत्थाले काँग्रेससहित नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टी कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए । काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले बुधबार एमाले मुख्यालयको  निरीक्षण गरेको थियो ।

टिप्पणीहरू