सत्ता ढलेसँगै मन्त्रीसँगको तस्विर पनि गायव

सत्ता ढलेसँगै मन्त्रीसँगको तस्विर पनि गायव

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको आईटी विज्ञ तथा नेपाल टेलिकमका प्रबन्धक डा.शालिग्राम पराजुलीले आफ्नो फेसबुकमा भएको पुरानो तस्विर ‘हाइड’ गरेका छन् । उनले मूलतः मन्त्री गुरुङ्गसँग खिचिएको तस्विर हटाएका हुन् । 

भदौ २३ र २४ गते भएको जेन–जी विध्वंशसँग नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनको सत्ता ढलेसँगै एमालेको केन्द्रीय विज्ञान प्रविधि विभागको सदस्यसमेत रहेका उनले हत्तपत्त तस्विरहरु नदेखिने बनाएका हुन् । दैनिकी अनलाइनका सम्पादक माधवप्रसाद तिवारीले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै सत्ता ढलेसँगै मन्त्रीसँगको तस्विर लुकाउनु कुनचाँहि वाद वा सिद्धान्तमा आधारित होला ? भन्दै उनीमाथि व्यङ्ग्य गरेका छन् । 

‘निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको आइटी विज्ञ नेपाल टेलिकमको प्रबन्धक डा.शालिग्राम पराजुलीज्यूले धेरै तस्विर फेसबुकमा नदेखिने बनाउनुभएछ । मूलतः मन्त्री गुरुङ्गको अनुहार देखिने सबै तस्विर उहाँले हटाउनुभएछ’,उनले लेखेका छन्,‘मेटा सम्पर्कमा आयो भन्ने नक्कली कुरा गरेर सेलिब्रेटी बन्ने प्रयासमा लाग्नुभएको उहाँले सत्ता ढलेसँगै मन्त्रीसँगको तस्विर लुकाउनुभएको छ । खासमा यो कुन वाद वा सिद्धान्तमा आधारित होला ? उहाँ नेकपा (एमाले) को केन्द्रीय विज्ञान प्रविधि विभागको सदस्य हुनुहुन्छ ।’

तिवारीको पोष्टमा कमेण्ट गर्दै जीवन भण्डारीले उनलाई अवसरवादी भनेका छन् । लेख्छन्,‘अवसरवादी फटाहा, अब विस्तारै पीडामा बसेका नेताहरुले चिन्छन्, यिनीहरुबाट अवसर लिएकाले कस्तो–कस्तो व्यवहार गर्छन् ।’

मेटा बिच्किनुमा पराजुलीको भूमिकाबारे छर्लङ्ग पार्दै जनआस्था साप्ताहिकले हिजो ‘आगो लाग्नुअघिका एक से एक अन्तरकथा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । मेटाले सूचीकरणका लागि ईमेल पठाएकोमा उनले जान्ने भएर राइजिङ नेपाल र काठमाडौं पोष्टलाई भर्चुअल बैठकबारे जानकारी गराएका थिए ।

त्यसपछि मेटाको साउथ एसिया हेर्ने अधिकारीले बैठकको शुरुवातमै ‘सूचना किन चुहाएको’ भनि यहाँका प्रतिनिधिहरुलाई र्याखर्याख्ती पारे । उनले त्यतिबेलै ‘अब नियमावलीका भरमा पेल्न खोज्ने ? हामी तिम्रा ऐन, कानुन र संविधान मान्न बाध्य छैनौं’ भनेका थिए ।  

यता, पराजुलीले मेटा सूचीकरण हुन नआउँदै सञ्चारमाध्यमहरुलाई झुठ्ठा सूचना नदिएर ‘आगोमा घिऊ थप्ने’ काम गरेका हुन् ।
 

टिप्पणीहरू