प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच भिडियो कलकाे तयारी

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच भिडियो कलकाे तयारी

प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडियो संवाद हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच पारस्परिक हितका विषयमा छलफल हुने जनाइए पनि समयबारे बताएको छैन ।

अस्ति सिंहदरबार पुगेर नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग गरेको शिष्टाचार भेटपछि भिडियो कलमा कुराकानीको सहमति भएको थियो ।

यसअघि कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा मोदीको नेपाली, हिन्दी र अंग्रेजी भाषामा बधाई र विदेश मन्त्रालयको विज्ञप्तिमा बधाई दिइएको थियो । भारतमै रहेका निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाले समेत बधाई दिएपछि कूटनीतिक वृत्तमा आलोचना भएको छ ।

टिप्पणीहरू