बालेन पहिलेभन्दा अहिले "डेञ्जर"
चुनावी राजनीतिको पर्दापछाडि हुने खुफिया खेल र भूराजनीतिक स्वार्थका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन अहिले सामाजिक सञ्जालमा सुपर–पपुलर बनेका छन् । तर उनका समर्थकहरुमध्ये केहीले पहिलेभन्दा अहिले ‘बालेन झन डेञ्जर’ भन्न थालेको सुनिन्छ ।
तीन वर्षअघि बालेनले काठमाडौं महानगरमा चुनावी प्रतिस्पर्धाको बेला कतिपय प्रतिद्वन्द्वीलाई फेसबुकमा ब्लक गरेका थिए । त्यसबेला केहीले आफ्ना साथीहरुमार्फत् ‘पछुताउन मन भए बालेनलाई भोट देऊ’ भन्ने सन्देश पठाएको बताइन्छ । अहिले उनै साथीहरु बालेनको पछिल्लो रणनीति र डरलाग्दो भूराजनीतिक खेलबारे गम्भीर विचार विमर्श गर्न थालेको सामाजिक सञ्जालमा व्याप्त छ ।
उनका ‘डियर हर्के’ स्टाटसमा चार घण्टामै ६ लाख लाइक प्राप्त भएको थियो। तुलना गर्नुपर्दा १७ करोड फलोअर भएको रोनाल्डोको पोस्टमा २४ घण्टामा २ लाख लाइक मात्र आउँछ ।’
सामाजिक सञ्जालमा पत्रकार रोशन श्रेष्ठले लेखेअनुसार सिंहदरबार,सर्वोच्च अदालतलगायत देशव्यापी आगजनी,लुटपाट र विध्वंसको अनियन्त्रित अवस्था हुँदा कार्यकारी सत्ता सम्हाल्ने योजनामा बालेन अघि सर्ने तयारी थियो । उक्त योजना सफल बनाउन सर्वदलीय बैठक राख्ने र आतंकित पारेर नेताहरुलाई ‘हुन्छ’ भन्न लगाउने योजना बनाइएको थियो । तर,सेनाले बैठक रोकेपछि बालेनको योजना असफल भएको श्रेष्ठको दावी छ ।
श्रेष्ठले विश्लेषण गर्दै लेखेका छन्, ‘सामाजिक सञ्जालमा बालेनको प्रभाव अत्यधिक देखिन्छ । उनका ‘डियर हर्के’ स्टाटसमा चार घण्टामै ६ लाख लाइक प्राप्त भएको थियो। तुलना गर्नुपर्दा १७ करोड फलोअर भएको रोनाल्डोको पोस्टमा २४ घण्टामा २ लाख लाइक मात्र आउँछ ।’

आईटी विज्ञहरुका अनुसार यस्तो अनलाइन पपुलारिटी कृत्रिम संयन्त्र वा रणनीतिबाट मात्रै सिर्जना गराउन सकिन्छ । यसो गर्दा जनमत र राजनीतिक प्रभावमा प्रत्यक्ष असर पार्न सकिने धेरैको निचोड छ ।
अर्कोतर्फ गत साताको ध्वंशमा अत्याधुनिक हतियार देखिनु पनि अनौठो संयोग भएको छ । यसले पनि शंकामा बल मिलेको छ । मेयर बालेनले सानो तिल जत्रो कामलाई पहाड बनाउँदै देश बनाउने गफ लगाएको श्रेष्ठको भनाइ छ । उनी लेख्छन् ‘उल्लु बनाउने खेलहरुको धोती खुस्काउन भारत र चीनले आ–आफ्नो भूमिका खेलिरहन्छन् ।’
टिप्पणीहरू