जनार्दनको १६ बुँदे प्रस्तावको छैठौं नम्बरमा प्रचण्डको राजीनामा

जनार्दनको १६ बुँदे प्रस्तावको छैठौं नम्बरमा प्रचण्डको राजीनामा

पूर्वमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन् ।

उनले १६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै अहिलेको आन्दोलनलाई नयाँ राजनीतिक रूपान्तरणको आधार बनाउनुपर्ने उल्लेख गर्दै बुुँदा नम्बर ६ मा अध्यक्षको राजीनामा मागेका हुन् ।

उनले लेखेका छन् :

१. जेन–जी आन्दोलनले भ्रष्टाचार र दलतन्त्रमा प्रहार गरेको हुनाले यसको सकारात्मक संश्लेषण गर्नुपर्ने।
२. दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलाली उजागर भएकाले देशलाई नयाँ ढंगले अघि बढाउने बाटो खोलिएको।
३. अन्तरिम सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने।
४. सम्पत्ति छानबिनका लागि स्वतन्त्र नेतृत्वमा आयोग गठन गर्नुपर्ने।
५. २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति र आन्दोलनमा भएको क्षतिबारे उच्चस्तरीय छानबिन गर्नुपर्ने।

६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्ने।
७. प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणालीतर्फ लैजानुपर्ने।
८. पदधारणको संख्या सीमित गर्ने स्पष्ट नीति बनाउनुपर्ने।
९. पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माणको बहस सुरु गर्नुपर्ने।
१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने।
११. दलित र महिलासम्बन्धी समस्यामा स्पष्ट नीति बनाउनुपर्ने।
१२. सांस्कृतिक विचलन र यौन अराजकतामाथि छानबिन गर्नुपर्ने।
१३. शहीद, बेपत्ता परिवार, घाइते योद्धा तथा असक्त नागरिकको संरक्षण नीति ल्याउनुपर्ने।
१४. श्रम र उत्पादनलाई प्राथमिकता दिँदै स्वरोजगार अभियान सञ्चालन गर्नुपर्ने।
१५. राष्ट्रियताको संकटप्रति सचेत रहन पार्टीलाई तयार पार्नुपर्ने।
१६. यी सबै लक्ष्य पूरा गर्न सक्षम संगठन निर्माण गर्नुपर्ने।

टिप्पणीहरू